काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट खुला क्लस्टरको केन्द्रीय सदस्य उम्मेदवारमा रखिएका नेता अग्नि खरेलले सचिव पदमा उम्मेदवारी दिएका छन् ।
स्थायी कमिटी सदस्य तथा पूर्वमन्त्री खरेलले आफ्नो योगदानको मुल्यांकन हुनुपर्ने भन्दै अध्यक्ष ओलीसँग सचिवमा आकांक्षा राखेका थिए । तर आफूभन्दा जुनियर व्यक्तिहरुलाई सचिव उम्मेदवार बनाइएपछि खरेलले देशभरका महाधिवेशन प्रतिनिधिबाट न्यायको याचना गरेका छन् ।
उनले आफू पछि नहट्नेगरी सचिवको उम्मेदवार बनेको बताए । २०३६ सालमा पार्टी सदस्य लिएर निरन्तर काममा रहेको र सधैं अध्यक्ष ओलीलाई पार्टी तथा राजकीय काममा सघाएको भन्दै खरेलले सचिवको दावी गरेका थिए ।


प्रतिक्रिया