काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति २७ राष्ट्रिय र चार अन्तर्राष्ट्रिय संस्थालाई निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको छ ।
आयोगले जारी गरेको सूचनाबमोजिम पेस भएका ती संस्थाहरूलाई सोमबार निर्वाचन पर्यवेक्षण गर्न अनुमति दिएको जनाएको हो ।
निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७९ बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को पर्यवेक्षण गर्न इच्छुक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन आह्वान गरिएकोमा ४४ वटा राष्ट्रिय र पाँचवटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन प्राप्त भएको थियो ।



प्रतिक्रिया