प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथले बराबरी खेले

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथले बराबरी खेले



काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथको खेल बराबरीमा सकिएको छ । गएराति भएको खेलमा युनाइटेड र बर्नमाउथले ४–४ गोलको बराबरी खेले ।

युनाइटेड १६ खेलमा २६ अङ्कसहित छैटौं स्थानमा छ । समान खेलमा २१ अङ्कसहित बर्नमाउथ तालिकाको १३औं स्थानमा छ ।

प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनल, दोश्रोमा म्यानचेस्टर सिटी, तेश्रोमा एस्टन भिल्ला, चौथोमा चेल्सी र पाँचौ स्थानमा क्रिस्टल प्यालेस रहेको छ ।