काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा गायिका ज्योती मगर पनि पुगेकी छन् । नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान सुरु हुनुअघि उनी पनि उम्मेदवारको फोटो बोकेर प्रचारमा उत्रिएकी हुन् ।
ज्योती मगर केही महिनायता एमालेको पक्षमा खुलेर लागेकी छन् । एमालेको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । त्यसअघि विभिन्न उम्मेदवार र उनीहरुका समर्थकहरु प्रचार प्रसारमा व्यस्त छन् ।
ज्योती मगरले पार्टीलाई समावेशी बनाउन र युवालाई केन्द्रीय कमिटीमा ल्याउन आफू पनि भोट माग्दै हिँडेको बताइन् । ‘युवामा पुस्तान्तरण गर्ने कुरा छ राजनीति, त्यसकारणले गर्दाखेरि युवा चाहियो,’ उम्मेदवारको नाम लिँदै उनले भनेकी छन्, ‘समावेशीता चाहियो ।’
जनजातिहरुको एउटा समूहले उक्त समूदायका उम्मेदवारहरुको समर्थनमा झाँकी प्रदर्शन गरेको थियो । त्यसमा ज्योती पनि उत्साहसाथ सहभागी भएकी हुन् । उनको हातमा एउटा पोस्टर थियो, जसमा पूर्ण गुरुङलाई जिताउन अपिल गरिएको थियो ।
जुलुसका सहभागीले ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो…’ भन्दै नारावाजी गरेका थिए । ज्योतीले पनि नाच्दै उक्त नारावाजीमा साथ दिइन्।


प्रतिक्रिया