काठमाडौं । अध्यक्षका दाबेदार केपी शर्मा ओलीको टिममा उपाध्यक्षमा रघुजी पन्तलाई समेटिएको छ । उपाध्यक्षका उम्मेदवार प्रदीप ज्ञवालीले उम्मेदवारी नदिएपछि ओली टिममा पन्तलाई समेटिएको हो ।
पन्तले उपाध्यक्षमा उम्मेदवारी दिँदासम्म ओली टिमले समेटेको थिएन । त्यही कारण उनी ईश्वर पोखरेलको समूहबाट उम्मेदवार भएका थिए ।
पोखरेल समूहबाट उपाध्यक्षको उम्मेदवार रहेका पन्तलाई ओलीको टिममा पनि समेटिएपछि उनी साझा उम्मेदवार भएका छन् ।


प्रतिक्रिया