हुम्ला । नेपाली कांग्रेस हुम्लाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाबाट सर्वसम्म निर्णय गरेर नाम सिफारिस गरेको छ । जिल्लामा बसेको जिल्ला संसदीय समितिको बोर्ड बैठकले सर्वसम्मत नाम पठाउने निर्णय गरेको हो ।
प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ जीवन बहादुर शाही, जयपति रोकाया र रीता शाहीको नाम सर्वसम्मत निर्णय गर्दै कर्णाली प्रदेशमा पठाउने निर्णय भए अनुसार पठाइएको कांग्रेस हुम्लाका उपसभापति कैलाश भण्डारीले बताए ।
यसैगरी, फागुन २१ गते हुने प्रतिनिधि सभा समानुपातिकतर्फ ताराबहादुर लामा, बलबहादुर लामा र रम्भा शाही गरी तीन जनाको नाम सिफारिस गरिएको छ ।
यसैगरी, राष्ट्रिय सभातर्फ खुल्लामा पदमबहादुर लामा र महिलातर्फ रंगमति शाही र सविता बुढाको नाम सिफारिस गरिएको छ ।


प्रतिक्रिया