एमाले महाधिवेशन : बेलुकी १० बजेभित्रै मतदान सक्ने लक्ष्य

एमाले महाधिवेशन : बेलुकी १० बजेभित्रै मतदान सक्ने लक्ष्य

मतदान जारी रहँदा नेताहरू भोट माग्नमा व्यस्त



काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा अहिले मतदान जारी छ । बिहान साढे ९ बजेदेखि मतदान सुरू भएको हो । साढे १२ बजेसम्म ४ सय मत खसेको छ ।

अध्यक्ष पदका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलले सँसगँगै मतदान गरेका थिए ।

अध्यक्षसहित १९ पदाधिकारी, ३०१ केन्द्रीय सदस्य र ३ वटा आयोगका पदाधिकारीका लागि मतदान भइरहेको छ । मतदान भृकुटीमण्डपमै भइरहेको छ ।

एमालेमा २२ सय ६२ जना महाधिवेशन प्रतिनिधि छन् । एक जनाले मत हाल्न करिब २५ देखि ४० मिनेटसम्म लाग्ने गरेको छ ।

एमालेले आज राति १० बजेभित्रै मतदान सक्ने लक्ष्य लिएको छ । त्यसलगत्तै मतपरिणाम आउनेछ। विद्युतीय मतदान भइरहेको हो ।

निर्वाचनको नतिजा आजै राति सार्वजनिक हुने भएको छ ।

नयाँ नेतृत्वको लागि मतदान चलिरहेका बेला अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेलसहितका नेता सँगै मत माग्दै हिँडिरहेका छन् ।

ओली र पोखरेलसँग ओली प्यानलबाट उपाध्यक्षका उम्मेदवार विष्णु पौडेल, महासचिवका उम्मेदवार शंकर पोखरेलसहित नेताहरू एकसाथ हिँडेका हुन् ।