एमाले महाधिवेशनमा मतदान समय ३ घण्टा थप

एमाले महाधिवेशनमा मतदान समय ३ घण्टा थप



काठमाडौं । एमालेको नेतृत्व चयनका लागि जारी मतदान समय ८ बजेसम्म थप गरिएको छ ।

यसअघि ५ बजेसम्म निर्धारण गरिएको समय संशोधन गर्दै ८ बजेसम्म पुर्‍याइएको हो । ८ बजेसम्म मतदानस्थल भित्र प्रवेश गरेका प्रतिनिधिले भोट हाल्न पाउने छन् ।

मतदान केन्द्रमा ८० वटा विद्युतीय मेसिनमार्फत् मतदान जारी छ । बिहीबार बिहानसम्म मतदान हुने देखिएको छ ।

मतदान सुरू भएदेखि प्रतिघन्टा सय जना हाराहारीले भोट हालिरहेकाले २२६२ जना प्रतिनिधिलाई भोट हाल्न करिब २२ घन्टा लाग्ने देखिएको हो । मतदान बुधबार बिहान सवा ९ बजेबाट सुरू भएको थियो ।

मतदान व्यवस्थापन गरिरहेको रामलक्ष्मण इनोभेसन प्रालिका लक्ष्मण रिमालले सबै प्रतिनिधिको मतदान सक्न बुधबार बिहान ७ बजेसम्म समय लाग्ने बताए ।