काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मतदान स्थल र मतदान केन्द्र तोकेको छ । आयोगले बुधवार सात वटै प्रदेशका लागि मतदान स्थल निर्धारण गरेको जानकारी दिएको हो ।
आयोगको निर्णय अनुसार सात वटै प्रदेशको राजधानी रहेका जिल्लामा मतदान स्थल रहने गरी स्थान तोकिएको आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
उनका अनुसार तोकिएका मतदान स्थलमा दुई–दुई वटा मतदान केन्द्र रहने व्यवस्था मिलाइएको छ ।
कुन प्रदेशको मतदान केन्द्र कहाँ ?
कोशी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, विराटनगर मोरङ
मधेश प्रदेश: महेन्द्र नारायण निधि मिथिला संस्कृति केन्द्र, जनकपुर उपमहानगरपालिका वडा ४ धनुषा
बागमती प्रदेश: भुटनदेवी माध्यमिक विद्यालय, हेटौँडा उपमहानगरपालिका ४ मकवानपुर
गण्डकी प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, पोखरा कास्की
लुम्बिनी प्रदेश: कर्मचारी मिलन केन्द्र, घोराही, दाङ
कर्णाली प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, वीरेन्द्रनगर, सुर्खेत
सुदूरपश्चिम प्रदेश: प्रदेश निर्वाचन कार्यालय परिसर, धनगढी, कैलाली


प्रतिक्रिया