काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा २२६३ मध्ये २२५३ प्रतिनिधि मतदान प्रक्रियामा सहभागी भएका छन् ।
२ जनाको कार्ड हराएको र १ जना मतदानस्थलमा प्रवेश गर्ने अन्तिम समयसम्म पनि त्यहाँ पुगेनन् । अन्तिम समयसम्म मतदान गर्न ८ जना भने लाइन नबसेकोे पाइएको छ ।
नयाँ नेतृत्व चयनका लागि रातभर मतदान भएको हाे । बुधबार बिहान करिब सवा ९ बजेदेखि सुरु भएको मतदान विहीबार बिहान सकिएको हो । ।
आयोगका एक सदस्यका अनुसार बिहान ८ देखि ९ बजेभित्र सम्पूर्ण परिणाम तयार हुनेछ । एमाले केन्द्रीय कार्यालयले महाधिवेशनस्थल भृकुटीमण्डपमा बिहान ११ बजे मत परिणाम सार्वजनिक गर्ने, प्रमाणपत्र वितरण गर्ने र शपथग्रहण गर्ने जनाएको छ ।
भोटिङमा समय लागे पनि इलेक्ट्रिक मतदान भएकाले मतगणनामा भने धेरै समय नलाग्ने एमाले निर्वाचन आयोगले जनाएको छ ।
अध्यक्षमा केपी शर्मा ओली र ईश्वर पोखरेलको प्रतिस्पर्धा रहेको छ । महासचिवमा शंकर पोखरेल र सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा छ ।


प्रतिक्रिया