उपमहासचिवकाे मतगणना : लेखराजले पाए सर्वाधिक मत, शीर्ष ३ मा परेनन् विष्णु रिमाल

उपमहासचिवकाे मतगणना : लेखराजले पाए सर्वाधिक मत, शीर्ष ३ मा परेनन् विष्णु रिमाल



काठमाडौं । नेकपा एमालेको जारी मतगणनामा उपमहासचिवतर्फ लेखराज भट्टले सर्वाधिक मत पाएका छन् । उनले ४४० मत पाउँदा योगेश भट्टराईले ४०४ र रघुवीर महासेठले ३९३ मत पाएका छन् ।

एमाले विधानअनुसार उपमहासचिवमा ३ जना निर्वाचित हुने व्यवस्था छ । उपमहासचिवका उम्मेदवार विष्णु प्रसाद रिमाल शीर्ष तीनमा अटाउन सकेका छैनन् । उनले ३२५ मत पाएका छन् । यसैगरी आनन्द प्रसाद पोखरेलले २०४ मत पाउँदा वैजनाथ चौधरीले १५१ मत पाएका छन् ।