काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
निर्वाचन आयोगले दिएको पछिल्लो विवरण अनुसार अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलको अग्रता कायमै छ ।
११३९ मत गन्दा अहिलेसम्म अध्यक्षमा केपी शर्मा ओलीले ८४३ मत ल्याएर लगातार अग्रता लिइरहेका छन् । अध्यक्षका अर्का प्रत्यासी ईश्वर पोखरेलले २९६ मत ल्याएका छन् । ओली र पोखरेलबीच अहिले ५४७ मतान्तर छ ।
ओलीले मत गणना सुरू भएदेखि लगतार अग्रता लिइरहेका छन् ।
महासचिव पदका लागि शंकर पोखरेलले सुरेन्द्र पाण्डेसँग अग्रता बढाएका छन् । पोखरेलले ६१३ मत पाएका छन् भने पाण्डेले ५२८ मत ल्याएका छन् ।
मतगणनाको प्रारम्भिक चरणमा यी दुई उम्मेदवारबीच कडा प्रतिस्पर्धा थियो ।
मतगणना जारी रहँदा पोखरेलले मतान्तर बढाउँदै लगेका हुन् ।
पोखरेल ओली समूहका उम्मेदवार हुन् भने पाण्डेले ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दिएका हुन् ।


प्रतिक्रिया