काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ ।
एमालेको उपाध्यक्षमा पृथ्वीसुब्बा गुरुङले सर्वाधिक लोकप्रिय मत पाउँदा ईश्वर पोखरेल प्यानलका गोकर्ण विष्टले चौथो स्थान सुरक्षित गरेका छन् ।
आधा मत अर्थात ११ सय ३९ गनिसक्दा गुरुङले ९ सय मत पाएका छन् भने विष्णु पौडेल ८४६ मतसहित दोस्रो र रामबहादुर थापा ७७४ मतसहित तेस्रो स्थानमा छ ।
चौथो स्थानमा ७१३ मतसहित गोकर्ण विष्ट अग्रता लिइरहँदा पाँचौ स्थानमा ६१७ मतसहित रघुजी पन्त छन् ।
उपाध्यक्ष (५ जना)
पृथ्वीसुव्वा गुरुङ : ९००
विष्णु प्रसाद पौडेल : ८४६
रामबहादुर थापा बादल : ७७४
गोकर्ण राज विष्ट : ७१३
रघु जी पन्त : ६१७
गुरु प्रसाद बराल : ५८५
विन्दा पाण्डे : ४७४
पर्शुराम मेघि गुरुङ्ग : ३३४
अरुण नेपाल : २२३


प्रतिक्रिया