रवि लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश

रवि लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालतको आदेश



काठमाडौं । तुलसीपुर उच्च अदालत, बुटवल इजलासले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश गरेको छ ।

अदालतका मुख्य न्यायाधीश वासुदेव आचार्य र न्यायाधीश तेजनारायण पौडेलको इजलासले आज लामिछानेलाई धरौटीमा छाड्न आदेश गरेको हो । उच्च अदालतले बिगो बराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी माग गर्ने आदेश गरेको छ । धरौटी बराबरको रकम बुझाएपछि लामिछाने थुनामुक्त हुनेछन् ।

लामिछानेले आफ्नो दायित्व बराबरको बिगो राख्न तयार भएको भनि निवेदन समेत दिएको देखिएको भन्दै अदालतले पुर्पक्षका लागि थुनामा पठाउने यसअघिको आदेश बदर गर्दै धरौटीमा रिहा गर्ने आदेश गरेको हो ।

लामिछाने अहिले नख्खु कारागारमा छन् । अदालतले विदेश यात्रा गर्न परेमा पूर्वजानकारी गराउनुपर्ने आदेश पनि दिएको छ ।