चुनावसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश

चुनावसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश



काठमाडौं । सरकारले चुनावसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिश गरेको छ । आज मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी गर्नका लागि सिफारिश गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्मा पेश भएको अध्यादेश अनुसार दलित आदिवासी जनजाती, खस आर्य, मधेशी, थारु, मुस्लिमको जनसङ्ख्या प्रतिशतको आधारमा निर्धारण गर्न प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन २०७४ को अनुसूची संशोधन गर्न अध्यादेश जारी गर्न परेको हो ।

यस्तै सरकारले उच्चस्तरीय न्यायिक जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।