जेनजीका नेता पुरूषोत्तम यादव रास्वपा प्रवेश

जेनजीका नेता पुरूषोत्तम यादव रास्वपा प्रवेश



काठमाडौं । जेनजी नेता पुरूषोत्तम यादव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन् ।

उनी शुक्रबार पार्टीमा प्रवेश गरेका हुन् । उनलाई रास्वपाको प्रारम्भिक समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको सूचीमा समेत समावेश गरेको छ ।

यादवले आफू रास्वपा प्रवेश गरेको पुष्टि गरेका छन् । “मैले आज (शुक्रबार) मात्रै रवि दाइलाई भेटेर रास्वपामा प्रवेश गरेको छु । उहाँसँगै म अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छु,” उनले भने ।

अहिले समानुपातिक सूचीमा रहनेगरी प्रवेश गरिएको भएपनि पछि प्रत्यक्ष समेत लड्न सक्ने बताए ।