काठमाडौं । साफ महिला क्लब फुटबल च्याम्पियनसिपको उपाधि भारतको इस्ट बङ्गाल क्लबले जितेको छ । काठमाडौंको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबललाई ३–० गोलले हराउँदै इस्ट बङ्गालले उपाधि जितेको हो ।
इस्ट बङ्गाल ४ खेलमा ३ जीत १ बराबरीसहित १० अङ्क जोड्दै शीर्ष स्थानमा र समान खेलमा २ जीत २ बराबरीसहित ८ अङ्क जोड्दै एपीएफ दोश्रो स्थानमा रहँदै फाइनल पुगेका थिए ।
दक्षिण एशियाली फुटबल महासङ्घ (साफ) ले पहिलो पटक आयोजना गरेको च्याम्पियनसिपमा नेपाल, भारत, भुटान, बङ्गलादेश र पाकिस्तान गरी ५ सदस्य देशका लिग विजेता टोली सहभागी थिए ।
साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण गएको मंसिर १९ गतेदेखि काठमाडौंमा शुरू भएको हो । उपाधि जितेको इस्ट बङ्गालले १० हजार र उपविजेता बनेको एपीएफले ५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर पाएका छन् ।


प्रतिक्रिया