हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही

हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही



काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले उपाध्यक्ष डा मित्र परियारलाई कारबाही गरेका छन् ।

बुटवलमा आज भएको कार्यक्रममा उपाध्यक्ष परियारले आयोजकप्रति गरेको व्यवहारले उनलाई कारबाही गरिएको साम्पाङले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

‘श्रम संस्कृतिमा कोही सानो कोही ठुलो हुँदैन । आज उपाध्यक्षले बुटवलका आयोजकलाई गरेको अपमान र सहसंयोजकलाई बोलेको अपमानजन्य बोलिका कारण आचारसंहिता उलङ्घन भएकोले नसच्चिएसम्म कार्यवाही गरिएको जानकारी गराउँदछु’, सम्पाङले सामाजिक सञ्जालमा लेखेका छन् ।

उद्घोषकले सम्बोधनका लागि आग्रह गरे बोल्न पुगेका परियारले आयोजकको व्यवहार ठीक नभएको भन्दै खनिएका थिए ।

यसअघि यो पार्टीका अर्का उपाध्यक्ष कारबाहीमा परिसकेका छन् । विस्फोटक पदार्थसम्बन्धी मुद्दामा पक्राउ परेका राजकुमार तामाङ (देवराज लामा) लाई कारबाही गरेको थियो ।