आयुर्वेद, योग र ध्यान परम्परागत चिकित्सा पद्धति : स्वास्थ्यमन्त्री गौतम

आयुर्वेद, योग र ध्यान परम्परागत चिकित्सा पद्धति : स्वास्थ्यमन्त्री गौतम



काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्त्वपूर्ण अङ्ग र कार्यक्रमका रुपमा अघि बढाएको बताएकी छन् । विश्व ध्यान दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् ।

उनले परम्परागत चिकित्सा पद्धतिबारे कुनै पनि मन्त्रालयको नेतृत्व भएन भन्ने गुनासो आए पनि स्वास्थ्य मन्त्रालयले नेतृत्व गर्दै आइरहेको बताइन् । आयुर्वेद र परम्परागत चिकित्सा पद्धतिका लागि यथोचित बजेट पनि छुट्याइएको जिकिर गरिन् ।

राष्ट्रिय नीतिमा र स्वास्थ्य मन्त्रालयको स्वास्थ्य नीति एवम् पञ्चवर्षीय रणनीति र कार्यनीतिहरुमा पनि आयुर्वेदका कार्यक्रमहरु परेको उल्लेख गरिन् ।

मन्त्री गौतमले आयुर्वेद, योग, ध्यान, धामी, झाँक्री परम्परागत चिकित्सा पद्धति भएको बताइन् । परम्परागत चिकित्सा पद्धतिलाई सरकारले महत्त्वपूर्ण कार्यक्रमका रुपमा अघि बढाएको बताइन् ।