काठमाडौं । युवा क्रिकेटर शेर मल्ल धनगढीस्थित एसपिए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
कलेजले आइतबार मल्ललाई एक वर्षका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । ब्रान्ड एम्बेसडर सम्बन्धी सम्झौता पत्रमा एसपिए कलेजका निर्देशक सुवास विक्रम शाही र क्रिकेटर शेर मल्लले हस्ताक्षर गरे ।
मल्लले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई च्याम्पियन बनाएका थिए । उनले एनपिएलको उदयमान खेलाडी बन्दै मोटर बाइक पुरस्कार समेत पाएका थिए । एनपिएलमा उनले कूल १७ विकेट लिएका थिए ।
सुदूरपश्चिमबाट उदाएका खेलाडी र भविष्यमा क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावनालाई हेरेर मल्ललाई कलेजसँग जोडेको निर्देशक शाहीले बताए । मल्लले कलेजले आफुलाई गरेको सम्मान र सहयोगप्रति धन्यवाद दिए ।


प्रतिक्रिया