छविलाल जोशी धरौटीमा रिहा

छविलाल जोशी धरौटीमा रिहा



काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका छविलाल जोशी धरौटीमा रिहा भएका छन् ।

पूर्वडीआइजी समेत रहेका जोशी सहकारीको रकम ठगी र संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै थुनामा थिए ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासले रविलाई शुक्रवार धरौटी र बिगोबापतको जमानत लिएर छोड्न आदेश दिएको थियो भने छविको हकमा निवेदन दिएपछि मात्रै पुनः विचार गर्न सकिने भन्दै त्यो मुद्दा जिल्ला अदालत रुपन्देहीमै पठाइदिएको थियो ।

त्यो मुद्दामा उनको पक्षबाट शुक्रवार नै निवेदन दिइएकामा हिजोको बहसपछि उनी रिहा भएका हुन् । छविले एकमुष्ट तीन करोड रूपैयाँ बैंक जमानत बुझाएपछि हिजो रिहा गरिएको जिल्ला अदालतले जनाएको छ ।