काठमाडौं । शेयर बजार लगातार तेस्रो कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ८८ अङ्कले घटेर २ हजार ५ सय ८१ दशमलव २१ विन्दुमा झरेको छ ।
आज व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज २ सय वटा कम्पनीको शेयर घटेकोमा ५४ वटाको बढेको छ । यस्तै ५ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज मानुषी लघुवित्त कम्पनीको शेयर सबैभन्दा धेरै ६ दशमलव ८४ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन एसवाई प्यानल नेपाल कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ५२ करोडको कारोबार भएकोमा आज ३ सय ३२ वटा कम्पनीको ९१ लाख ६७ हजार कित्ता शेयर ३ अर्ब ५१ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया