काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले पूर्वप्रधानमन्त्रीहरूलाई स्थान हद लगाउन नहुने बताएका छन् । सोमबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भएको सर्वपक्षीय छलफलमा उनले पूर्वप्रधानमन्त्रीहरू जुनसुकै क्षेत्रमा उम्मेदवार बन्न सक्ने बताए ।
‘पार्टीले पूर्वप्रधानमन्त्रीहरूलाई जुनसुकै क्षेत्रबाट उम्मेदवार उठाउन सक्छ । संविधानले पनि रोकेको छैन कुनै क्षेत्रबाट मात्र उठ्ने भनेर यस्तो अवस्थामा स्थान हद तोक्न हुँदैन,’ उनले भने ।
उनले विशिष्ट व्यक्तिहरूको सुरक्षाकर्मी फिर्ता गरेकाले सुरक्षाको वातावर कमजोर महसुस भएको यादवले बताए । ‘अहिले भयको वातावरण छ । यस्तो अवस्थामा सबैको सुरक्षा चाहिन्छ,’ उनले भने ।
सरुवा बढुवाभन्दा पनि सरकारको सम्पूर्ण ध्यान चुनावमा हुनुपर्ने उनले बताए । समानुपातिक प्रणालीको उम्मेदवारको बन्दसूचीको नाम बुझाउने समय अपुग भएको यादवले बताए । प्रधानमन्त्री सुशीला कार्कीलाई सबै राजनीतिक दलका नेतृत्वसँग संवाद गर्न पनि यादवले सुझाव दिए ।


प्रतिक्रिया