काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ । काठमाडौंको कमलपोखरीमा रास्वपाका केन्द्रीय सदस्य असिम शाहको घरमा उनीहरुबीच भेटवार्ता भएको हो ।
गएराति अबेरसम्म ६ घण्टा भएको छलफल चुनावी तालमेलसहित सहकार्यको विषयमा केन्द्रित थियो । आउँदो चुनावअघि सबै वैकल्पिक शक्तिलाई एकै ठाउँ ल्याउने गरी लामिछाने र बालेन शाहबीच छलफल अघि बढेको हो । उनीहरुलाई एउटै गाडीमा बिदा गरेपछि असिम शाहले फेसबुकमा ‘अन्ततः कथाको सुखद शुरुआत भएको’ उल्लेख गरेका छन् ।
रुपन्देहीको बुटवलमा रहेको सुप्रीम सहकारीको बचत अपचलन मुद्दामा थुनामा रहेका लामिछानेले अदातलको आदेशबाट रिहा भएलगत्तै राजनीतिक भेटघाट र छलफललाई तीव्र बनाएका छन् । पछिल्लो दुई नेताबीच भएको छलफलको विस्तृत प्रगतिबारे छिट्टै सार्वजनिक गरिने रास्वपाका नेताहरुले बताएका छन् ।
रास्वपा सभापति लामिछानेले अस्ति आइतवार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गर्नुभएको थियो ।


प्रतिक्रिया