काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यता व्यवस्थापन समितिले नवीकरणका लागि ९ दिन समय थप गर्ने सहमति भएको छ । पार्टी केन्द्रीय कार्यसमितिको मंसिर १५ गतेको बैठकले नवीकरणका लागि मंसिर २४ गतेसम्मको समय दिएको थियो ।
त्यो समयमा नसकिने भएपछि क्रियाशील सदस्यता व्यवस्थापन समितिको संयोजकका हैसियतमा महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको निर्णय परिवर्तन गरेर मंसिर मसान्तसम्म सक्ने निर्णय गरेका थिए ।
तर, त्यो समय सकिएको ७ दिनपछि सोमबार राति बसेको समितिको बैठकले ९ दिन अर्थात पुस ९ गतेसम्म थप गर्ने सहमति भएको हो ।
नयाँ क्रियाशील सदस्यताको फारम वितरण गर्ने समय पनि पुस १० गतेसम्म राख्ने सहमति समितिमा बनेको छ ।
विदेशस्थित जनसम्पर्क समितिमा जनसम्पर्क सदस्यता, नवीकरण वा नयाँ क्रियाशील कसैले नभएको भए अनलाइनमार्फत गर्न सक्ने व्यवस्था मिलाउने समितिमा सहमति बनेको छ ।


प्रतिक्रिया