काठमाडौं । सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको पार्टी कार्यालय अनुगमन गरेको छ ।
मंगलबार सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली च्यासलस्थित जलाइएको कार्यालय पुगेर अनुगमन गरेको हो । टोलीले अनुगमनका साथै एमालेका महासचिव शंकर पोखरेल लगायतका प्रतिनिधिसँग छलफल गरेको छ ।
कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले अनुगमन गरेको हो ।
यसअघि आजै टोलीले कांग्रेस कार्यालय पनि अनुगमन गरेको थियो । आजै नेपाली कम्युनिस्ट पार्टी (तत्कालीन माओवादी केन्द्र) लगायत दलका कार्यालय पनि पुग्ने कार्यक्रम छ ।


प्रतिक्रिया