७ दिनभित्र बयान दिन पूर्वगृहमन्त्री रमेश लेखकलाई आयोगको पत्र

७ दिनभित्र बयान दिन पूर्वगृहमन्त्री रमेश लेखकलाई आयोगको पत्र



काठमाडौं । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका उपस्थित हुन पत्र काटेको छ ।

तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि आयोगले मंगलबार पत्र काटेको हो । पत्रमा लेखकलाई ७ दिनभित्र आयोगमा उपस्थित भएर बयान दिन भनिएको छ ।

आन्दोलनका क्रममा प्रशासनिक तथा सुरक्षा निकायको नेतृत्वमा रहेकाहरूको बयान लिने प्रक्रिया सकिएपछि आयोगले राजनीतिक नेतृत्वको बयान लिन सुरु गरेको जनाएको छ । यसैक्रममा पूर्वगृहमन्त्री लेखकलाई पत्र पठाइएको हो ।

आयोगले तत्कालीन प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि बयानका लागि पत्र पठाउने तयारी भइरहेको जानकारी दिएको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिको जाँचबुझ गर्न सुशीला कार्की नेतृत्वको सरकारले कार्की नेतृत्वमा ३ सदस्यीय आयोग बनाएको थियो ।