काठमाडौं । लगातार तीन कारोबार दिन घटेको शेयर बजार आज समान्य बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ३ दशमलव २७ अंकले बढेर २ हजार ५ सय ८४ दशमलव ४९ विन्दुमा पुगेको छ ।
आज विकास बैंक, लगानी, बीमा, म्युचल फन्ड र व्यापार बाहेक सबै समूहको शेयर सामान्य घटेको छ । आज १ सय ३४ वटा कम्पनीको शेयर बढेकोमा १ सय १७ वटाको घटेको छ । यस्तै ८ वटा कम्पनीको शेयर घटबढ भएको छैन ।
आज एसवाई प्यानल नेपाल कम्पनीको शेयर सबैभन्दा धेरै ७ प्रतिशतले बढेको छ । बजार सामान्य बढेको दिन सिटिजन लाइफ इन्सुरेन्स कम्पनीको शेयर भने सबैभन्दा धेरै झन्डै ६ प्रतिशतले घटेको छ ।
आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ३ सय २८ वटा कम्पनीका ७६ लाख ६८ हजार कित्ता शेयर ३ अर्ब ४२ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया