काठमाडौं । नेपाली कांग्रेसका ६५ सहित ६८ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गर्दै सर्वोच्च अदालतमा पूरक निवेदन दर्ता गराएका छन् ।
विघटित प्रतिनिधिसभामा कांग्रेसकी सचेतक सुशीला थिङले ६८ जना सांसदले लिखित हस्ताक्षरसहित वारेशनामामार्फत पूरक निवेदन दर्ता गराएको जानकारी दिइन् ।
भोलि नै संवैधानिक इजलासमा पेसी तोकिएको जानकारी उनले दिइन् । एमालेले यसअघि नै ७५ जनाको हस्ताक्षरसहित निवेदन दिइसकेको छ । मंगलबार कांग्रेसका ६५ बाहेक स्वतन्त्र, जनमत र जसपाका एक–एक सांसदको गरी ६८ जनाको हस्ताक्षर बुझाइएको जानकारी थिङले दिइन् ।
एमाले र कांग्रेससहिसतका गरी प्रतिनिधिसभाका बहुमत सदस्यले प्रतिनिधिसभा पुनर्स्थापनाको माग गरेको उनको भनाइ छ ।


प्रतिक्रिया