कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक तोकिएको समयभन्दा डेढ घण्टा ढिला सुरु भएको छ । दिउँसो १ बजेका लागि डाकिएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो ।

बैठकमा विधान मस्यौदा समिति गठन, महाधिवेशनका लागि बाधक बन्ने विधानका दफा निलम्बन, महाधिवेशन कार्यतालिका परिमार्जनसहितका एजेन्डा रहेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बैठक बसिरहेको हो ।