राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय अनुगमनमा पुग्यो सरकारी टोली

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय अनुगमनमा पुग्यो सरकारी टोली



काठमाडौं । सरकारी टोलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को कार्यालय अनुगमन गरेको छ । निर्वाचनको वातावरण बनाउने उद्देश्यका साथ सरकारी टोलीले मंगलबारदेखि पार्टी कार्यालयहरुको अनुगमन गर्दै हिँडेकामा बुधबार पनि त्यसलाई निरन्तरता दिइएको हो ।

जसअनुसार बिहान ११ बजे जनमत पार्टीको कार्यालय अनुगमन गरिएकोमा १ बजे राप्रपा र ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरूसँग छलफल गरिएको सञ्चारमन्त्रीको सचिवालयले जनाएको छ ।

उद्योग, पर्यटन र कानुनमन्त्री अनिल सिंहाको संयोजकत्वमा गठित अनुगमन समितिमा सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल छन् ।