काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवालाई शक्ति अभ्यासको लालसा त्याग्न चेतावनी दिएका छन् । नेपाली कांग्रेसको कार्यसम्पादन समिति बैठकबाट बाहिरिने क्रममा महामन्त्री थापाले विधान मस्यौदा समिति गठनमासमेत पार्टीभित्रबाट अवरोध भएको खुलाए ।
‘महाधिवेशनको मिति घोषणा गरेर मात्रै महाधिवेशन हुँदैन । त्यसका लागि तयारी पनि गर्नुपर्छ,’ थापाले भने, ‘अहिलेसम्म विधान संशोधन मस्यौदा समितिसमेत गठन गर्न दिइएको छैन ।’
महामन्त्री विश्वप्रकाश शर्माले नै विधान संशोधन समितिको संयोजक बन्छु भन्दा अवरोध भइरहेको थापाले बताए ।
पार्टी सभापति शेरबहादुर देउवाले कार्यवाहक दिएर पनि शक्ति अभ्यास भने आफैँले गरेको थापाले बताए । ‘सभापतिजीलाई म भन्न चाहन्छु- कार्यवाहक दिनुभएको छ भने इमान्दारीपूर्वक दिनुस्,’ थापाले भने, ‘एकातिर कार्यवाहक दिएको देखाउने अर्कातिर शक्ति अभ्यास गरिरहने कुरा स्वीकार्य हुँदैन । नाम मात्रको कार्यवाहक दिनु भयो । आजको बैठकमा आउनु भएको छैन तर, सबै शक्ति उतै (देउवाकहाँ) छ ।’


प्रतिक्रिया