राजेन्द्र लिङ्देन र कमल थापाको राप्रपाको एकता

राजेन्द्र लिङ्देन र कमल थापाको राप्रपाको एकता



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा, नेपालबिच पार्टी एकताको निर्णय भएको छ ।

राप्रपा, नेपालका अध्यक्ष कमल थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँगको फोटो सामाजिक सञ्जालमा राख्दै पार्टी एकताको निर्णय भएको जानकारी गराएका हुन् ।

कमल थापाले भनेका छन्, ‘राष्ट्रिय प्रजातन्त्र पार्टी र राप्रपा नेपालको बीचमा एकता हुने निर्णय भएको सुखद समाचार सबैमा निवेदन गर्दछु ।’

महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि थापाले ०७८ माघ २५ गते पार्टी छोडेका थिए ।

०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

थापा कुनै पनि बार्गेनिङ नगरी एकताका लागि तयार भएकाे राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिएका छन् ।