कुलमान र बालेनबीच आगामी निर्वाचनमा सहकार्यबारे छलफल

कुलमान र बालेनबीच आगामी निर्वाचनमा सहकार्यबारे छलफल



काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले उज्यालो नेपालका संरक्षक तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङसँग आगामी निर्वाचनमा सहकार्यबारे छलफल गरेका छन् ।

बिहीबार बिहान उनले कुलमानसँग छलफल गरेको स्रोतले जानकारी दिएकाे छ । छलफलका क्रममा चुनावमा सहकार्य गरेर जानेबारेमा सकारात्मक कुराकानी भएको बताइएको छ ।

सोही छलफलपछि आजै ललितपुरमा रास्वपाका सभापति रवि लामिछाने, मेयर बालेन शाह, जेनजी अभियन्ता सुदन गुरुङ, कांग्रेस नेता सुनिल शर्मा लगायत छलफलमा गर्दैछन् ।

त्यसका लागि नेताहरु बालेनका सहयोगी कुमार बेनको ज्वागलस्थित घरमा पुगिसकेकाे बताइएकाे छ ।