काठमाडौं । काठमाडौंका मेयर बालेन शाहले जेनजी प्रतिनिधिहरूलाई एकजुट गर्न रक्षा बमलाई जिम्मेवारी दिएका छन् ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा जेनजीहरूलाई पनि सहभागी गराउन नेपाल जेनजी फ्रन्टकी संयोजक बमलाई मेयर शाहले जिम्मेवारी दिएका हुन् ।
बुधबार बालेनले ललितपुरमा रक्षा बमसहित विभिन्न व्यक्तिहरूसँग राजनीतिक संवाद गरेका थिए । आज पनि छलफल भइरहेको छ । बालेनले देश विकास पार्टीमा जेनजी प्रतिनिधिलाई समेत समावेश गर्न चाहेकाे बताइएकाे छ ।
बालेनका एक सचिवालय सदस्यका अनुसार रक्षा बमलाई जेनजी प्रतिनिधिहरू भित्र्याउनका लागि जिम्मेवारी दिइएको छ।


प्रतिक्रिया