रवि–बालेनको छलफलमा पुगे अमरेश कुमार सिंह

रवि–बालेनको छलफलमा पुगे अमरेश कुमार सिंह



काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिचको छलफलमा निवर्तमान स्वतन्त्र सांसद अमरेश कुमार सिंह पनि मिसिएका छन् ।

बिहीबार ललितपुरमा दुई नेताबिच छलफल चलिरहँदा अमरेश पनि पुगेका हुन् । आगामी चुनावमा नयाँ शक्तिहरु एकठाउँमा आउने प्रयास स्वरुप वार्ता भइरहेको बताइएको छ ।

एकजुट हुन दबाब दिँदै जेनजी अभियन्ता सुदन गुरुङ समेत छलफलस्थलमा पुगेका छन् ।