कुलमान, रवि र बालेनबीच त्रिपक्षीय वार्ता गर्ने तयारी

कुलमान, रवि र बालेनबीच त्रिपक्षीय वार्ता गर्ने तयारी



काठमाडौं । ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच त्रिपक्षीय वार्ताको तयारी भएको छ ।

रास्वपा नेता असिम शाहका अनुसार, सम्भवत भए आजै, नभए भोलि वार्ताको तयारी गरिएको छ । रवि र बालेनबीच बिहीबार वार्ता भएको थियो । मेयर शाहका सहयोगी कुमार व्यञ्जनकारको घर ललितपुरको ज्वागलमा उनीहरूबीच वार्ता भएको हाे ।

बालेन अहिले पनि विभिन्न दलका नेताहरूसँग छलफल गरिरहेका छन् ।

रविले पार्टीको उच्च तहमा एकपल्ट कुराकानी गरेर पुन: आउने बताएर बाहिरिएका थिए ।