महामन्त्रीमा चुनाव लड्ने प्रदीप पौडेलकाे घोषणा

महामन्त्रीमा चुनाव लड्ने प्रदीप पौडेलकाे घोषणा



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले १५औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लड्ने घोषणा गरेका छन् । बिहीबार धुम्बाराहीमा आयोजित पत्रकारहरुसँग भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो घोषणा गरेका हुन् ।

‘१४औं महाधिवेशनमा पनि महामन्त्रीमा चुनाव लडेको हुँ । त्यसमा विजयी हासिल गर्न सकिँन’ पौडेलले भने, ‘महामन्त्री नै लडिसकेको कारणले अब महामन्त्रीभन्दा तल जाने कुरा भएन । महामन्त्रीभन्दा माथि मेरो परिस्थिति बनेको पनि छैन । त्यसो भएको हुनाले मेरो सोच महामन्त्रीमै आफूलाई प्रस्तुत गर्ने रहेको छ ।’

कांग्रेस भित्रबाट समेत आफूलाई यही सुझाव प्राप्त भएको उनले बताए ।

उनले महाधिवेशन सम्पन्न गरेर नयाँ नेतृत्वका साथ कांग्रेस आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सहभागी हुनुपर्ने कुरा पनि उल्लेख गरेका छन् ।