काठमाडौं । सञ्चार तथा सूचना मन्त्री जगदीश खरेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास गुण्डु पुगेका छन् ।
चुनावको वातावरण बनाउन राजनीतिक दलका नेताहरूसँग संवादमा रहेका खरेल एमाले अध्यक्ष ओली भेट्न पुगेका हुन् ।
उनीहरूबीच अहिले पनि संवाद भइरहेको छ । यसअघि सञ्चारमन्त्री खरेलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए ।
यसपछि उनले नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डलाई पनि भेट्ने छन् ।


प्रतिक्रिया