रोहित पौडेल बने ओमोडा र जेको गाडीको ब्रान्ड एम्बासडर

रोहित पौडेल बने ओमोडा र जेको गाडीको ब्रान्ड एम्बासडर



काठमाडौं । नेपालका लागि ओमोडा र जेको गाडीको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्सले राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेललाई आफ्नो नयाँ ब्रान्ड एम्बासडर घोषणा गरेको छ ।

पौडेलको कप्तानीमा हालै लुम्बिनी लायन्सले एनपीएल सिजन–२ को उपाधि जितेको थियो । यो उपलब्धिको सम्मान गर्दै एसपीजी अटो मोबाइल्सले पौडेललाई जे फाइभ ईभी गाडी प्रदान गरेको छ । साथै गाडीमा लाग्ने कर पनि कम्पनीले नै तिरिदिने भएको छ ।

कम्पनीले यसअघिका ब्रान्ड एम्बासडर दीपेन्द्र सिंह ऐरीलाई सम्मान पनि गरेको छ ।