काठमाडौं । रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टी र रेशम चौधरी संस्थापक रहेको नागरिक उन्मुक्ति पार्टी नेपालबिच एकता हुने भएको छ । गत भदौमा विभाजन भएको सो पार्टीबिच शनिबार पुनः एकता हुने भएको हो ।
श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेपछि चौधरीले भदौ २९ गते सो पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
त्यहाँबाट अलग भएर कात्तिक २ गते उनले निर्वाचन आयोगमा आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए ।
नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्न लागिएको श्रेष्ठले पुष्टि गरिन् । रेशम र रञ्जिता श्रीमान-श्रीमती हुन् ।
नागरिक उन्मुक्ति पार्टी नेपालकै झन्डा, चुनाव चिन्ह र पार्टीलाई रञ्जिता श्रेष्ठले स्वीकार गरेको बताइएको छ ।
नागरिक उन्मुक्ति पार्टीका उपाध्यक्ष अब्दुल खानले दुई पार्टीबिच एकता हुने तय भएको र पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल रहने बताए ।


प्रतिक्रिया