काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भोलि प्रमुख तीन दलका शीर्ष नेताहरूसँग संयुक्त छलफल गर्ने भएकी छन् । उनले नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूको संयुक्त बैठक आह्वान गरेकी हुन् ।
आउँदो फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावको तयारीका सम्बन्धमा प्रधानमन्त्रीले बैठक बोलाएको उनको सचिवालयले जनाएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर बैठकमा सहभागी हुन निमन्त्रणा समेत गरेकी छन् ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार प्रधानमन्त्री कार्की समेतको सहभागितामा प्रमुख तीन दलका शीर्ष नेताहरूसँग शीतल निवासमा छलफल गरेकी थिइन् । त्यस अवसरमा सहभागी दलका नेताहरूले चुनावका लागि भयरहित वातावरण बनाउन सरकारलाई सुझाव दिएका थिए ।


प्रतिक्रिया