काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले शुक्रबार ज्ञापनपत्र बुझाएको छ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाइएको हो ।
विशेष महाधिवेशन प्रस्ताव दर्ता भएको मितिले तीन महिनाभित्र गर्नैपर्ने बाध्यता रहेको पक्षधरले उल्लेख गरेको छ । उक्त अवधिमा नियमित नभए विशेष महाधिवेशन गर्नैपर्नेमा उनीहरूले जोड दिएका छन् ।
विशेष महाधिवेशन अभियानका नेतृत्वकर्तामध्येका नेता देवराज चालिसेको अगुवाइमा ज्ञापनपत्र बुझाइएको हो । उनीहरूले कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई सानेपामै बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पुगेर ज्ञापनपत्र बुझाउने प्रयास गरेका थिए । तर, खड्काले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई ज्ञापनपत्र बुझ्न पठाएका थिए । त्यसपछि महामन्त्री गगन थापा आफैँ उपस्थित भए ।
देशव्यापी हस्ताक्षर अभियान चलाएको समूहले २९ असोजमा विशेष महाधिवेशनको माग गर्दै कार्यवाहक सभापति खड्कालाई २४८८ प्रतिनिधिको हस्ताक्षर बुझाएको थियो ।



प्रतिक्रिया