काठमाडौं । क्रिकेट प्रशिक्षक जगत टमटासहित पाँच जना राष्ट्रिय खेलकुद परिषद् (राखेप) को बोर्ड सदस्यमा नियुक्त भएका छन् ।
युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वप्रशिक्षक टमाटासहित रग्बी सङ्घका बोर्ड सदस्य सन्तकुमार मेहता, नेपाल एसोसिएसन अफ र्याफटिङ एजेन्सिजको तर्फबाट राजेश खड्का, नेपाल तेक्वान्दो सङ्घका केन्द्रीय सदस्य कुमार लामा घिसिङ र उद्योग वाणिज्य महासङ्घको सिफारिसमा प्रयास कार्कीलाई नियुक्त गरेका हुन् ।
राखेपका पूर्व सदस्य सचिव टंकलाल घिसिङसहित ६ सदस्यको गएको महिना कार्यालय सकिएपछि ती पद रिक्त थिए । नवनियुक्त सदस्यहरुलाई खेलकुद मन्त्री गुप्ताले हिजो मन्त्रालयमा शपथ गराए । उनीहरु चार वर्षका लागि सदस्यमा नियुक्त भएका हुन् ।


प्रतिक्रिया