कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि



काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । केही दिन यता लगातार बसिरहेको बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउसो १ बजेबाट सुरु हुनेछ ।

यसअघि शुक्रबार महाधिवेशनको तयारी र निर्वाचनबारे नेताहरूले धारणा राखेका थिए । नेताहरूले नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।

विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पनि हिजो नै पार्टीलाई स्मरण पत्र बुझाएका छन् ।