काठमाडौं । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा चुनावका लागि योग्य मतदाताको सङ्ख्या १ करोड ८९ लाख ३ हजार ६ सय ८९ कायम भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आउँदो फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने मतदाता मध्ये ९६ लाख ६३ हजार ३ सय ५८ जना पुरूष, ९२ लाख ४० हजार १ सय ३१ जना महिला र २ सय जना अन्य छन् ।
आयोगले नामावलीमा भएको त्रुटी सच्याएर मतदाताको अन्तिम सङ्ख्या सार्वजनिक गरेको हो । फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावमा फागुन २० गतेसम्म १८ वर्ष उमेर पुगेकाले भोट हाल्न पाउनेछन् ।
चुनाव घोषणा गरेपछि मतादाता नामावली सङ्कलन गर्न नपाइने कानून रहेकोमा यसपटक अचानक चुनाव घोषणा भएकोले अध्यादेश मार्फत कानून परिवर्तन गरेर नामावली संकलन गरिएको थियो ।
सरकारले राष्ट्रिय परिचय पत्रका आधारमा पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने व्यवस्था गरेकापछि नाम दर्ता गराउनेहरुको सङ्ख्या उत्साहजनक रूपमा बढेको हो । चुनावका लागि १० हजार ९ सय ६७ मतदानस्थल र २३ हजार १ सय १२ मतदान केन्द्र तोकिएको छ ।


प्रतिक्रिया