राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ ।

प्रवक्ता मोहन श्रेष्ठका अनुसार सोमबार बिहान ८ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको हो ।

उनले आसन्न निर्वाचनको तयारी, समानुपातिक उमेदवारको सूची एवं समसामयिक राजनीतिक परिस्थितिको विविध विषयमा छलफल गर्न बैठक बोलाइएको जानकारी दिए ।

केन्द्रीय कार्यसम्पादन समिति बैठक धुम्बाराहीमा बस्नेछ ।