प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रम शुरू

प्रतिनिधिसभा चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने क्रम शुरू



काठमाडौं । राजनीतिक दलहरूले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा चुनावका लागि निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारहरूको बन्दसूची बुझाउन थालेका छन् ।

आयोगका अनुसार आज नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका राजनीतिक दलले बन्दसूची पेश गरेका छन् । भोलि बेलुका ६ बजेसम्म दलहरूबाट सूची बुझ्ने तयारी गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भोलिसम्म सबै दलबाट सूची आउने अपेक्षाका साथ सेवा दिन तयार रहेको उनको भनाइ छ ।

यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावमा समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्ने प्रयोजनका लागि पुस १९ गतेदेखि माघ १८ गतेसम्म अस्थायी मतदाता नामावली संकलन गर्ने भएको छ । चुनावमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी लगायतलाई समानुपातिकतर्फ मताधिकार दिन अस्थायी नामावली संकलन गरिन्छ ।