काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक सूची सोमबार निर्वाचन आयोगमा बुझाउने भएको छ ।
आइतबार सानेपामा सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले यसबारे जानकारी गराएका हुन् ।
केन्द्रीय कार्यसमितिको बैठकमा सात प्रदेशकै केन्द्रीय कार्य सम्पादन समितिमा रहेका नेतासँग छलफल भइरहेको छ । अब सूची तयार गरेर सोमबारसम्म आयोगलाई बुझाउने बताए । समानुपातिक सूचीबाट १ सय १० जना सांसद चयन हुने भएकाले समानुपातिक सूची तयार पार्नु पनि महत्त्वपूर्ण काम भएको बताए ।


प्रतिक्रिया