काठमाडौं । नेकपा एमालेले प्रतिनिधिसभाका लागि समानुपातिक उम्मेदवारको नाम अन्तिम टुंगो लगाउने जिम्मेवारी अध्यक्ष केपी शर्मा ओलीलाई दिएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले अध्यक्षबाट प्रस्तुत भएका र सबैतिरबाट आएका सुझाव समेटेर ओलीले नै टुंगो लगाउने समझदारी भएको एक पदाधिकारीले बताए ।
अध्यक्षले नेताहरुसँग आवश्यक परामर्शपछि बन्द सूची टुंगो लगाएर भोलि निर्वाचन आयोगमा पेश गर्ने निर्णय बैठकले गरेको छ ।


प्रतिक्रिया